८ अंकले बढ्यो नेप्से, १ अर्ब २७ करोडको कारोबार

नेपालभ्युज

८ अंकले बढ्यो नेप्से, १ अर्ब २७ करोडको कारोबार

काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से ८.१० अंकले बढेको छ ।  आज अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ ।

सोमबार नेप्सेमा २५ हजार ७४६ वटा कारोबारमा ३४ लाख ९५ हजार ७५२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब २७ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।

परिसूचक बढे पनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ । व्यापार समूह २० अंकले र बैंक समूह ०.२९ अंकले घटेका छन् । यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved