६१ वटा चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण, ५० वटाको काम अन्तिम चरणमा

नेपालभ्युज

६१ वटा चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण, ५० वटाको काम अन्तिम चरणमा
बेइजिङको एक सार्वजनिक चार्जिङ स्टेसन

काठमाडौं। विद्युतीय गाडीको संख्या बढेसँगै नेपाल विद्युत प्राधिकरणले चार्जिङ स्टेशनको काम पनि धमाधम अघि बढाएको छ ।

पूर्वदेखि पश्चिमसम्मका विभिन्न ठाउँमा प्राधिकरणले चार्जिङ स्टेशनको काम अघि बढाएको प्राधिरकणले जनाएको छ। एसियाली विकास बैकको ३७ करोड ७९ लाख रुपैयाँ ऋण सहयोगमा चार्जिङ स्टेसनहरु निर्माण भइरहेका छन्।

३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन अन्तिम चरणमा निर्माण गरिरहेको प्राधिकरणले थप ११ वटा गरि कुल ६१ वटा निर्माण गर्न लागेको हो। ६१ वटै चार्जिङ स्टेसन केहि महिनामै संचालनमा आइसक्ने प्राधिकरणको दाबी छ ।

आयोजना प्रमुख सागर ज्ञवालीका अनुसार ओखलढुंगाको घुर्मी, सिन्धुलीको मरिन, सिन्धुलीको जिल्ला प्रहरी कार्यालय, कंचनपुरको महेन्द्रनगर बसपार्क, स्याङजाको वालिङ, दोलखाको चरिकोट, रुपन्देहिको  सैनामैना रिफ्रेस सेन्टर, नुवाकोटको हावा घर र बसपार्क (२ वटा) चार्जिङ स्टेसन निर्माण गर्न लागिएको हो। थप निर्माण हुन लागेको मध्ये ६ वटा जिबीटी र ५ वटा सीसीएस टु प्रकृतिका चार्जरहरु राख्न लागिएको छ।

ज्ञवालीका अनुसार यी चार्जिङ स्टेसनको पनि ठेक्का लागेर कामै सुरु भइसकेको छ चार्जिङ स्टेसन निर्माणको जिम्मा चिनियाँ कम्पनीवानब्याङ डिजिटल इनर्जीले पाएको छ। सम्झौता अनुसार एक वर्षमा तयार पारिसक्नुपर्ने चार्जिङ स्टेसन गत असारमा नै पुरा हुनुपर्थ्यो। तर  प्राविधिक कारण देखाउँदै ढिला गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved