३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार

नेपालभ्युज

३२ अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। सेयरबजार परिसूचक नेप्से  ३२.३० अंकले बढेको छ। बिहीबार नेप्से १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको हो । आज कारोबार रकम समेत बढेर १ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ ।

बिहीबार १३ वटै उपसूचक धनात्मक हुँदै गर्दा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटको करिब नजिक नजिक आइपुग्दा सेयर बजारले समेत सकारात्मक बाटो लिएको छ । १८ सय २१ को विन्दुबाट सुरु भएको यो साताको सेयर कारोबार ५६ अंकमाथिले बढ्दै बिहीबार १८ सय ७७ अंकको विन्दुमा पुगेको हो ।

उपसमूहतर्फ पनि आज हरियाली देखिएको छ । जहाँ १३ वटै समूहको सेयरम”ल्य बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved