च्याम्पियन्स लिग: १४ पटकको विजेता रियललाई हराउँदै सिटी फाइनलमा

नेपालभ्युज

च्याम्पियन्स लिग: १४ पटकको विजेता रियललाई हराउँदै सिटी फाइनलमा

एजेन्सी । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएको सिजनको विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन स्पेनिस क्लब रियल म्याड्रिडलाई हराउँदै सिटी फाइलनमा पुगेको हो ।

पहिलो लेग १-१ गोलको बराबरीमा सकिएकोमा विहीबार विहान भएको दोस्रो लेगमा सिटी ४-० गोलले विजयी भयो  समग्रमा ५-१ गोलको नतिजासहित सिटी उपाधि नजिकै पुगेको हो ।

सिटीको लागि बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक गोल गरे । सिटीले पहिलो र दोस्रो हाफमा समान दुई गोल गर्‍यो ।

अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग टर्कीको इस्तानबुलमा प्रतिस्पर्धा गर्नेछ । सिटी पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने दौडमा हुनेछ भने इन्टर मिलान चौथो उपाधिको खोजीमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved