आईपीएल : लखनउले मुम्बईलाई हराएसँगै प्ले अफ यात्रा झन रोचक

नेपालभ्युज

आईपीएल : लखनउले मुम्बईलाई हराएसँगै प्ले अफ यात्रा झन रोचक

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्टसले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

१ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशनले ३९ बलमा सर्वाधिक ५९ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । कप्तान रोहित शर्माले ३७ रन बनाए ।

मुम्बईलाई अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएकोमा जम्मा ५ रन मात्रै बनाउन सक्यो । लखनऊका लेगस्पिनर रवि विश्रोई र यश ठाकुरले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनऊले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । लखनउका मार्कस स्टोइनिस ४७ बलमा ४ चौका र ८ छक्कासहित ८९ रनमा नटआउट रहे । मुम्बईका जेसन बेहर्नडोर्फले  २ विकेट लिए ।

लखनऊ १३ खेलमा १५ अंकका साथ तेस्रो स्थानमा छ । मुम्बई १४ अंकसहित चौथो स्थानमा छ । आईपीएलमा १० टिममध्य दिल्ली र हैदरावादबाहेक सबै टिमको प्ले अफमा पुग्ने गणितीय सम्भावना कायमै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved