१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा

नेपालभ्युज

१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा

एजेन्सी। इन्टर मिलान युईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज बुधबार विहान सकिएको खेलमा एसी मिलानलाई उसकै घरेलु मैदान सानसिरोमा १-० गोलले हराउँदै इन्टरमिलान १३ वर्षपछि फाइनलमा पुगेको हो । पहिलो लेगमा २ गोल हानेको इन्टरले दोस्रो लेगमा १ गोल गर्दै समग्रमा ३-० गोलका साथ उपाधि भिडन्त पक्का गरेको हो

इन्टरको जितमा दोस्रो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ७४औं मिनेटमा परिवर्तित खेलाडी रोमेलु लुकाकुको पासमा गोल गर्न सफल भएका थिए ।

इन्टरले सन् २००९–१० को सिजनको फाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले पराजित गरेर उपाधि जितेयता फाइनलमा पुग्न सकेको थिएन ।

अब इन्टरले उपाधिका लागि १० जुनमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved