थुलुङ दूधकोशी बहु-प्राविधिक बन्यो प्रदेशकै धेरै विद्यार्थी उत्तीर्ण गराउने शिक्षालय 

अध्यक्ष असिम राई भन्छन्- 'यो सफलतालाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्छ''

नेपालभ्युज

थुलुङ दूधकोशी बहु-प्राविधिक बन्यो प्रदेशकै धेरै विद्यार्थी उत्तीर्ण गराउने शिक्षालय 

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी बहु-प्राविधिक शिक्षालय कोशी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी उतीर्ण गराउने प्राविधिक शिक्षालय बनेको छ । शिक्षालयले पहिलो ब्याचअन्तर्गत तेश्रो सेमेस्टरमा सामेल भएका ३६ जनामध्ये २५ जना विद्यार्थी उत्तीर्ण गराएको हो ।

थुलुङ दूधकोशी गाउँपालिका ६, मुक्लीमा अवस्थित शिक्षालयले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तेश्रो सेमेस्टरमा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै प्रदेशकै सबैभन्दा बढी विद्यार्थी उतीर्ण गराउने शिक्षालय बन्दा राष्ट्रिय सेकेन्डरी स्कुल, सुनसरी र मनमोहन मेमोरियल पोलिटेनिक्स, मोरङ दोस्रो र तेस्रो भएका छन् । उनीहरूले क्रमश: ५६.५२ र ४८.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएका छन् ।

थुलुङ दुधकोशी बहु-प्राविधिक शिक्षालयबाट उतीर्ण विद्यार्थीहरू । तस्वीर : शिक्षालय स्रोत ।
थुलुङ दूधकोशी बहु-प्राविधिक शिक्षालयबाट उत्तीर्ण विद्यार्थीहरू । तस्वीर : शिक्षालय स्रोत ।

कोसी प्रदेशमा सिभिल इन्जिनियरिङ विषय अध्ययन हुने २७ वटा शिक्षालय छन् । जसमा थुलुङ दुधकोशी बहु-प्राविधिक शिक्षालय पहिलो बनेको हो ।

यसपछि थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले आफ्नो सपना साकार हुँदै गइरहेको बताएका छन् । न्यून आर्थिक स्तर भएकाहरूको इन्जिनियर बन्ने सपना पूरा गर्नु आफ्नो सपना रहेको र त्यो पूरा हुँदै गएको भनाइ अध्यक्ष राईको छ । “मेरो सपना र उद्देश्य भनेको गाउँघरका न्यून आर्थिक स्तर भएकाहरूलाई इन्जिनियर बनाउनू हो । र, मलाई न्यून आर्थिक स्तरका व्यक्तिले पनि क्षमता भए अध्ययन गर्न पाउने रहेछन् भन्ने नजिरसमेत बसाउनू छ,” अध्यक्ष राईले भनेका छन् ।

सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन गर्न निकै चुनौतीको सामना गर्नुपरेको अनुभव अध्यक्ष राईको छ । तर, लगातारको लगावले त्यसको सामना गर्न सकिएको उनी बताउँछन् । उनले शिक्षालयको यो सफलतालाई आत्मसाथ गर्दै अझै दह्रोगरी अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।

गाउँमै प्राविधिक शिक्षा लिन पाएपछि विद्यार्थीहरू पनि मख्ख छन् । त्यसो त विगतमा सिभिल इन्जिनियरिङ अध्ययन गर्नका लागि सङ्घीय राजधानी काठमाडौं, पोखरालगायतका ठाउँ धाउनुपर्ने बाध्यता छँदै थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved