आईपीएल : दिल्ली प्ले अफको दौडबाट बाहिरियो, पञ्जावको झिनो आसा कायमै

नेपालभ्युज

आईपीएल : दिल्ली प्ले अफको दौडबाट बाहिरियो, पञ्जावको झिनो आसा कायमै

एजेन्सी। दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफ दौडबाट बाहिरिएको छ ।

गएराती पञ्जाव किंग्ससँग ३१ रनले पराजित भएसँगै दिल्ली प्ले अफमा नपुग्ने पक्का भएको हो । जितसँगै १२ अंकका तालिकाको छैटौँ स्थानमा उक्लिएको पञ्जाबले भने प्ले अफको झिनो सम्भावना कायमै राखेको छ । दिल्ली १२ खेलमा ८ अंकका साथ पुछारमा छ ।

पञ्जाबले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । दिल्लीका डेबिड वार्नरले सर्वाधिक ५४ रन बनाए । पञ्जाबका हरप्रित ब्रारले ४ विकेट लिए ।

त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । पञ्जाबका प्रभसिमरन सिंहले १ सय ३ रनको शतकीय पारी खेले ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved