टेलिकमको आम्दानी ६७ करोडले बढ्यो, नाफा २ करोडले घट्यो

नेपालभ्युज

टेलिकमको आम्दानी ६७ करोडले बढ्यो, नाफा २ करोडले घट्यो

काठमाडौं। चालू आर्थिक वर्षको चैतसम्ममा नेपाल टेलिकमले ६७ करोड २९ लाख रुपैयाँले आम्दानी बढाएको छ । टेलिकमका अनुसार गत वर्षको यही अवधिको तुलनामा चैत मसान्तसम्मको अवधिमा ६७ करोडभन्दा धेरैले आम्दानी बढेको हो।

गत वर्षको यही अवधिमा टेलिकमले ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । ६७ करोड रुपैयाँले बढेसँगै टेलिकमको आम्दानी ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै, गत वर्षको तुलनामा टेलिकमको कूल सञ्चालन आएमा भने ८७ करोड २९ लाख रुपैयाँले कमी आएको छ। यससँगै, यस अवधिमा टेलिकमको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा आइपुगेको छ । जबकी, गत वर्षको यही अवधिमा २८ अर्ब २१ करोड रुपैयाँ कूल सञ्चालन आय थियो ।

टेलिकमको आम्दानी बढे पनि नाफामा भने गिरावट आएको छ । ९ महिनाको अवधिमा टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ ।

यस्तै, यस अवधिमा टेलिकमले ब्याजदरमा आएको वृद्धिका कारण समेत मनग्ये नाफा आर्जन गरेको छ । टेलिकमले यसमार्फत हुने आम्दानी १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ बढाएको छ । यस्तै, विदेशी विनिमय दरमा आएको वृद्धिका कारण समेत टेलिकमले ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved