मुम्बईसँग गुजरात पराजित, राशिद खानको ७९ रन खेर गयो

नेपालभ्युज

मुम्बईसँग गुजरात पराजित, राशिद खानको ७९ रन खेर गयो

एजेन्सी।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स मुम्बई इन्डियन्ससँग पराजित भएको छ ।

वाङखडेमा भएको खेलमा मुम्बईले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । उसका राशिद खानले ३२ बलमा १० छक्कासहित नटआउट ७९ रन बनाए।

टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका सूर्य कुमार यादवले शतकीय पारी खेले । उनले ४९ बलमा १ सय ३ रन बनाए । यादवको आईपीएल क्रिकेटमा पहिलो शतक पनि हो ।

गुजरातका राशिद खानले ४ तथा मोहित शर्माले एक विकेट लिए । मुम्बई १२ खेलमा १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा पुगेको छ । १६ अंकसहित गुजरात शीर्ष स्थानमा कायमै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved