बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने तयारीमा कांग्रेस, निर्णय बिहीबार

नेपालभ्युज

बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने तयारीमा कांग्रेस, निर्णय बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा  निवास धुम्बाराहीमा बुधबार बसेको पदाधिकारी बैठकमा यसबारे छलफल भएको एक नेताले जानकारी दिए ।

उक्त प्रकरणमा खाण बुधबार बिहान पक्राउ परेपछि अपराह्न बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काले खाणकाे पक्राउपछिकाे पार्टीको रणनीतिबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले पार्टीका केन्द्रीय सदस्य खाणलाई निलम्बन गर्नेपर्नेमा जोड दिएका थिए भने सहमहामन्त्री महेन्द्र यादवले उनलाई षड्यन्त्र पूर्वक पक्राउ गरिएको   बताएका थिए ।

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बिहीबार दिउँसो २ बजे पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीसहितकाे बैठक बसेर निलम्बन बारे निर्णय गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved