गर्भावस्थामा लगाउनैपर्ने ३ भ्याक्सिन

नेपालभ्युज

गर्भावस्थामा लगाउनैपर्ने ३ भ्याक्सिन

एजेन्सी । गर्भावस्थाको बेला महिलाहरूले आफ्नो तथा आउँदै गरेको बच्चाको स्वास्थ्यको लागि खानपानमा एकदमै ध्यान दिनुपर्ने हुन्छ । साथै केही जरुरी सावधानीहरू पनि अपनाउनुपर्ने हुन्छ । त्यसका लागि उनीहरूलाई कहिलेकाहीँ हप्तामा वा कहिले महिनामा एकपटक डाक्टरको जाँच गर्नु पनि आवश्यक हुन्छ ।

यसबाहेक गर्भावस्थाको बेला महिलाले कैयौं प्रकारका भ्याक्सिन लगाउनुपर्ने हुन्छ । किनकी गर्भावस्थाको बेला रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने गर्दछ, जसले गर्दा विभिन्न संक्रमण तथा अन्य स्वास्थ्य समस्याहरू देखिन सक्छ । त्यसैले पनि भ्याक्सिनको आवश्यकता पर्दछ ।

यस्ता भ्याक्सिनहरूले आमाको मात्र नभएर शिशुलाई पनि सुरक्षा दिन्छ । गर्भावस्थाको बेला तथा जन्मिसकेपछि पनि बच्चाको स्वास्थ्य राम्रो होस् भनेर भ्याक्सिनहरू लगाउनु पर्ने हुन्छ । आज हामी त्यस्तै ३ वटा भ्याक्सिनको बारेमा बताउन गइरहेका छौं । जो हरेक महिलाले गर्भवती भएको बेला लगाउन अत्यावश्यक हुन्छ । यसबारेमा महिला रोग विशेषज्ञ डाक्टरको भनाइ पनि रहेको छ ।

विशेषज्ञकाअनुसार ‘गर्भावस्थाको बेला भ्याक्सिनेशन आमा र बच्चा दुवैलाई संक्रमणबाट जोगाउने सजिलो तथा प्रभावशाली तरिका हो । यसले आमाको शरीरबाट एन्टीबडी बच्चामा ट्रान्सफर गरेर बच्चालाई पनि रक्षा गर्दछ । त्यसैले गर्भावस्थाको बेला भ्याक्सिनेसन एकदमै आवश्यक भएको छ । त्यस्ता ३ भ्याक्सिन जो हरेक गर्भवती महिलाले लगाउनै पर्दछ ।’

१. टीटी भ्याक्सिन

यसलाई गर्भावस्थाको पहिलो तीन महिनापछि लगाउने पर्ने हुन्छ । गर्भावस्थामा आमा तथा शिशुलाई टिटनेसको संक्रमणबाट बचाउनका लागि टीटी वा टिटनेस टोक्साइडको भ्याक्सिन लगाइने गरिन्छ । टिटनेस एउटा ज्यान नै लिने विमारी हो र गर्भावस्थामा संक्रमण बढ्ने खतरा पनि हुन्छ । तर यो भ्याक्सिन लगाएको खण्डमा सजिलै यसबाट बच्न सकिन्छ ।

यो संक्रमण टिटनेस ब्याक्टेरिया सम्पर्कमा आउनाले हुन्छ । यो ब्याक्टेरिया माटो, र्‍याल, धुलो तथा खादहरूमा पाइन्छ जो खुला घाउहरूको माध्यमबाट शरीरमा जान्छ ।

२. टीटी वा टीडीएपी भ्याक्सीन

पहिलो टीटी भ्याक्सिन लगाएको ४ हप्ता पछि टीटी भ्याक्सिनको दोस्रो डोज वा टीडीएपी भ्याक्सिन लगाउनुपर्ने हुन्छ । यसलाई गर्भावस्थाको २७ देखि ३६ हप्ताको बीचमा लगाउनुपर्ने हुन्छ ।

यो भ्याक्सिन लगाउनु एकदमै जरुरी छ, किनकी यो टिटनेस, डिप्थीरिया र पर्टुसिस (जो कालो खोकीको नामले पनि चिनिन्छ) बाट सुरक्षा प्रदान गर्दछ । टीडीएपी भ्याक्सिनले एन्टीबडी निर्माण गर्छ, जो टिटनेस रोग बढाउने ब्याक्टेरियालाई संक्रमण फैलाउनबाट रोक्छ । यसले बच्चालाई डीपीटी भ्याक्सिनको पहिलो डोज नलगाउँदासम्म संक्रमणबाट रोक्छ ।

३. फ्लु भ्याक्सिन

गर्भवती महिलाले फ्लु को भ्याक्सिन पनि लगाउन जरुरी हुन्छ । यो कुनै पनि समय लगाउन सकिन्छ । यो भ्याक्सिनले गर्भवती महिलालाई इन्फ्लुएन्जाको संक्रमणबाट बचाउँछ ।

इन्फ्लुएन्जालाई सामान्य समस्या मानिन्छ तर यसलाई बेवास्ता गर्दा अन्य धेरै प्रकारका समस्याहरू पनि आउन सक्छन् । यसमा बच्चा जन्मिएपछि निमोनिया हुने सम्भावना धेरै रहन्छ ।

जब गर्भवती महिलाले भ्याक्सिन लगाएपछि उसको शरीरमा एन्टीबडी बन्छ जसले गर्दा बच्चालाई पनि संक्रमणबाट जोगाउँछ । किनकी बच्चाले यो भ्याक्सिन जन्मिएपछि ६ महिना कटेपछि मात्र लगाउँछन् । जसले गर्दा उक्त ६ महिनासम्म हुने संक्रमणबाट जोगाउनका लागि पनि गर्भवतीले लगाएको भ्याक्सिन महत्त्वपूर्ण हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved