नवनियुक्त स्वास्थ्यमन्त्रीको प्रतिवद्धता- दूर्गमभन्दा दूर्गम ठाउँमा पनि चिकित्सक पुर्‍याउँछु

नेपालभ्युज

नवनियुक्त स्वास्थ्यमन्त्रीको प्रतिवद्धता- दूर्गमभन्दा दूर्गम ठाउँमा पनि चिकित्सक पुर्‍याउँछु

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दूर्गमभन्दा दूर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ । बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू कम सुतेर भएपनि मन्त्रालयको काममा खट्ने बताए ।

मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतले बताए। उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए । मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै हामीले दूर्गम भन्दा दूर्गम ठाउँमा पनि चिकित्सकहरुलाई  स्थानीय तह, प्रदेश र संघको समन्वयकारी भूमिकामा प्रत्येक ठाउँमा प्रभावकारी ढंगले पुर्‍याउने भनेको कुरा पनि तपाईहरुकै भनाईलाई हामीले सम्बोधन गर्न खोजेको हो ।’

एकीकृत बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस् भन्दै उनले भने, ‘मैले फेरी दोहोर्‍याउन चाहे  म चाँही कम सुते हुने मान्छे, बढि खटन सक्ने मान्छे । म तपाईहरु सबैको सुझाव लिएर आफ्नो समय बढि भन्दा बढि यो ठाउँलाई सदूपयोग गरेर   अगाडि बढने प्रतिवद्धता समेत व्यक्त गर्न चाहन्छु ।’

मन्त्री बस्नेतले एक हप्ता भित्र स्वास्थ्य सामग्रीहरुको तथ्यांक दुरुस्त राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए । स्वास्थ्य सामग्री धेरै खरिद भएको तर त्यो प्रयोगमा नआएकाले त्यसको हिसाव दुरुस्त राखी आवश्यक ठाउँमा पठाउनुपर्ने उनको भनाई थियो । उनले सरकारले खरिद गरेको स्वास्थ्य सामग्री ठूलो भोल्युममा भएपनि त्यसको सदूपयोग हुन नसकेको भन्दै आपत्ति जनाए ।

उनले जनताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर काममा खटिन चिकित्सकहरुलाई समेत सचेत गराए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved