गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।

नेपालभ्युज

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि पाण्डेले राखेको प्रस्तावको पक्षमा ३५ सांसद उभिए ।

मुख्यमन्त्री पाण्डेको दल नेपाली कांग्रेससहित सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् ।

प्रस्तावको विपक्षमा २२ मत पर्‍यो, जुन मत नेकपा (एमाले) को हो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का २ सांसद भने तटस्थ बसे । मुख्यमन्त्री पाण्डे ३५ सांसदको समर्थनमा वैशाख १४ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved