आगामी वर्षको बजेटका लागि सत्तारुढ गठबन्धनमा छलफल शुरु

नेपालभ्युज

आगामी वर्षको बजेटका लागि सत्तारुढ गठबन्धनमा छलफल शुरु

काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी वर्षको बजेटमा छलफल शुरु गरेको छ । बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले बजेटका लागि छलफल शुरु गरेको हो । छलफलमा बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा सरकारले आधारपत्र तयार गर्नुपर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।

उनले यही वैशाख २४ गते बजेट अधिवेशन आह्वान भएको र अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा सत्तारुढ दलबीच सहमति गर्ने प्रयास भएको बताए ।

‘२४ गते अर्को संसद अधिवेशन बोलाइएको छ, २४ गतेको अर्को अधिवेशनमा के कुरामा गर्ने भन्ने बारेमा छलफल भयो । बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने कुरामा छलफल भयो’ उनले भने, ‘यसमा सरकारले एउटा आधारपत्र तयार गर्ने र बजेटका सिद्धान्त र प्राथमिकताको प्रारम्भिक छलफल गर्ने र बजेटका बारेमा पनि डेलिभरि गर्न सकिने बारेमा सम्बोधन गर्ने गरी बजेट ल्याउने बारेमा छलफल भयो ।’

उनले बजेट, बजेटपूर्वको छलफल, सरकारको आर्थिक नीति तर्जुमाका बारेमा छलफल भएको बताए ।  प्रमुख सचेतक लेखकले तत्काल गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved