आईपीएल : शीर्ष स्थानको गुजरात पुछारको दिल्लीसँग पराजित

नेपालभ्युज

आईपीएल : शीर्ष स्थानको गुजरात पुछारको दिल्लीसँग पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पुछारमा रहेको दिल्ली क्यापिटल्स र शीर्ष स्थानको गुजरात टाइटन्सलाई हराएको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो । गुजरातका कप्तान हार्दिक पान्ड्या ५३ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेननन् ।

दिल्लीका ईशान्त शर्माले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । नोर्कियाको नाममा एक विकेट रह्यो ।

त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दिल्लीको जितमा अमन खानले ४४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

दिल्ली ९ खेलमा ३ मा जित र ६ मा हारसहित पुछारमा छ । गुजरात ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved