यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन : सन्दिप लामिछाने

नेपालभ्युज

यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन : सन्दिप लामिछाने

काठमाडौं । नेपाली क्रिकेटर सन्दिप लामिछानेले  एसीसी प्रिमियर कपको उपाधि जितेपछि यो जिन्दगीले कहाँ लैजानेछ थाहा छैन भनेका छन् ।

युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपको विजेता बनेपछि  मंगलबार साँझ फेसबुकमा एक सन्देश शेयर गर्दे लामिछानेले यस्तो बताएका हुन् ।

‘यो जिन्दगीले कहाँ लैजानेछ थाह छैन, तर यो साथ र यो मायाको लागि हृदयदेखि धन्यवाद,’ उनले लेखेका छन्, ‘आज क्रिकेटको यात्रामा धेरै सपनाहरूमध्ये एउटा सपना पूरा भएको महसूस गरेको छु ।’

मंगलबार भएको फाइनलमा नेपाल  यूएईलाई सात विकेटले पराजित गर्दे  एसिया कपको च्याम्पियन बनेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved