१ सय २७ रनको लक्ष्य भेटाउन नसक्दा बेंग्लोरसँग लखनउ पराजित

नेपालभ्युज

 १ सय २७ रनको लक्ष्य भेटाउन नसक्दा बेंग्लोरसँग लखनउ पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्स रोयल च्यालेन्जर्स बेङ्लोरसँग १८ रनले पराजित भएको छ ।

बेङ्लोरले दिएको १ सय २७ रनको पछ्याएको लखनउ १९ ओभर ५ बलमा १ सय ८ रनमा अलआउट भयो । उसका कृष्णप्पा गोवथमले सर्वाधिक २३ र अमित मिश्राले १९ रन बनाए । बेंग्लोरका जस हजलवुड र करन शर्माले दुई दुई विकेट लिए ।

पहिला ब्याटिङ गरेको बेङ्लोरले ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । उसका फाप डु प्लेसिसले सर्वाधिक ४४ रन बनाए ।

जितसँगै बेङ्लोर ९ खेलमा १० अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । समान ९ खेलमा १० अङ्क नै रहेको लखनउ तेस्रो स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved