स्वदेश फर्किए कांग्रेस नेता भण्डारी

नेपालभ्युज

स्वदेश फर्किए कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद डा. चन्द्र भण्डारी आइतबार साँझ स्वदेश फर्किएका छन् । त्यस क्रममा उनले आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीहरु सबैप्रति आभार र धन्यवाद व्यक्त गरे ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए ।

भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत नेता भण्डारी करिब साढे दुई महिना पछि आइतबार स्वदेश फर्किएका हुन् ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ भने अब उनको बाँकी उपचार  नेपालमा नै हुने भएको  छ ।

भण्डारी गत फागुन ३ गते ग्यास लिक भएर आगलागीमा जलेर घाइते भएका थिए । सोही घटनामा घाइते भण्डारीकी आमाको उपचारका क्रममा निधन भएको थियो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved