आयुर्वेदको प्रवर्द्धन र बिस्तार गर्न आवश्यक छ : मेयर साह

नेपालभ्युज

आयुर्वेदको प्रवर्द्धन र बिस्तार गर्न आवश्यक छ : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउन सक्ने माध्यम भएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताए । उनले आयुर्वेद बिस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताए । उनले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताए । उनले आयुर्वेदको प्रवद्धनका  लागि सरकारले धेरै काम गर्नुपर्ने बताए ।

‘आयुर्वेदको लागि अझै धेरै गर्न बाँकी छ । पहिला जुन स्तरमा आयुर्वेद थियो त्यो भन्दा बढ्दै जानुपर्नेमा शिथिल भएको जस्तो लाग्छ । यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ । नेपालमा पहिला आउने पर्यटक देशको आयुर्वेदको लागि आउँथे, योगको लागि आउँथे । हाम्रो देश आफैँमा तपोभूमि हो’ उनले भने, ‘आइओएममा नाम ननिक्लिेपछि आयुर्वेदमा परीक्षा दिने जस्तो भएको तर शुरुमै यसमा जोड दिनुपर्छ । हामीले ३२ वडामा नै हेल्थ प्रमोशन सेन्टर खोल्दैछौँ । वैशाख अन्तिमसम्म ८ वटा वडामा शुरु हुन्छ । आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो ।’

मेयर साहले आयुर्वेदको प्रवर्द्धन  र बिस्तार गरी विदेशी पर्यटकहरु नेपालमा भित्र्याउनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved