ट्रेजरीमार्फत २७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

नेपालभ्युज

ट्रेजरीमार्फत २७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं। सरकारले ट्रेजरी बिलमार्फत २७ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सोमबार नेपाल राष्ट्र बैंकले पुरानो ट्रेजरीसहित नयाँ ट्रेजरी जारी गर्न लागेको हो। ट्रेजरी आइतबार बोलकबोल हुँदैछ । इच्छुक लगानीकर्ताले आइतबार दिउँसो ३ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार २८ दिने ट्रेजरीका लागि ४ अर्ब रुपैयाँ छुट्टयाइएको छ भने ९१ दिनका लागि ८ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १३ अर्ब रुपैयाँ र ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्टयाइएको छ । जसमध्ये ९१ दिने र १८२ दिने गरी ६ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी जारी गर्न लागिएको हो भने बाँकी सबै रकम पुरानो ट्रेजरीको नवीकरण गर्न लागिएको हो ।

यसअघि, वैशाख ११ गते राष्ट्र बैंकले २८ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved