सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको ज्यान गयो

नेपालभ्युज

सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको ज्यान गयो

सिन्धुली। सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ गुडिरहेको बा ८ च ९१३५ नम्बरको कार बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङ नजिक बिहान सडकबाट खसेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा झापाको चारपाने–५ का कार चालक अन्दाजी कुमार पुरी र सिन्धुली कपिलाकोट घर भई हाल काठमाडौँ बस्ने साहारा प्रसाईँ रहेका छन् । अर्का यात्रु प्युठान नगरपालिका–८ का योगेन्द्र थापा गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते थापालाई सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved