आईपीएल : मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा

नेपालभ्युज

आईपीएल : मुम्बईलाई हराउँदै गुजरात दोस्रो स्थानमा

एजेन्सी । मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको दोस्रो स्थानमा पुगेको छ ।

अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई ईन्डियन्सलाई ५५ रनले हराएको हो।  गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनायो ।

मुम्बईका लागि निहाल वाधिराले सर्वाधिक ४० र क्यामरुन ग्रीनले ३३ रन बनाए ।  गुजरातका लागि नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो ।  गुजरातका लागि ओपनर शुभमन गिलले ५६ र डेबिड मिलरले ४६ रन बनाए ।

बलिङतर्फ मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ,अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १/१ विकेट लिए ।

साबिक विजेता गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ १० टोली सहभागी लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  गुजरात ७ खेलमा १० अंकसहित दोस्रो र समान खेलमा मुम्बइ ६ अंकका साथ सातौं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved