आईपीएल : दिल्लीले हैदरावादलाई हरायो

नेपालभ्युज

आईपीएल : दिल्लीले हैदरावादलाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ७ रनले हराएको छ ।

यो सँगै दिल्लीले ७ खेलमा दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन बनायो । हैदरावादका मयङ्क अग्रवालले सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

दिल्लीका एनरिच नोर्किया र अक्षर पटेलले समान २/२ तथा इशान्त शर्मा र कुलदीप यादवले समान १/१ विकेट लिए ।

त्यसअघि हैदरावादमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । दिल्लीका मनिष पान्डे र अक्षर पटेलले समान ३४ रन बनाए । हैदरावादका वासिङ्टन सुन्दरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए र टी नटराजनले १ विकेट लिए ।

दिल्ली अङ्कतालिकाको पुछारमा नै छ । समान खेलमा चार अङ्क नै रहेको हैदरावाद नवौँ स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved