एमाले लक्षित पाण्डेको प्रश्न- सङ्घीयता विरोधीहरूसँग मिलेर कहाँ पुगिन्छ ?

नेपालभ्युज

एमाले लक्षित पाण्डेको प्रश्न- सङ्घीयता विरोधीहरूसँग मिलेर कहाँ पुगिन्छ ?
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सङ्घीयता मन नपराउनेहरूसँग मिलेर यात्रा गर्न नहुने बताएका छन् ।

शनिवार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले ‘विश्वासको मत पाउँ’ भनि राखेको प्रस्तावको विपक्षमा उभिने जानकारी दिँदै नेता पाण्डले भनेका छन्, “जसलाई गणतन्त्र नै मन पर्दैन, जसलाई यो सङ्घीयता नै मन पर्दैन । अनि उनीहरूसँग मिलेर कहाँ पुग्ने हामी ? उनीहरूसँग मिलेर, उनीहरूको बहकाउमा भड्केर हिँड्न हुँदैन ।”

एमालेप्रति लक्षित गर्दै उनले थप प्रश्न गरेका छन्, “गणतन्त्र, सङ्घीयता विरोधीहरूसँग मिलेर कहीँ पुगिन्न, उनीहरूले केही भएन भनेर नारा लगाउँछन् । त्यसमा हामीले स्वर थप्नु हुँदैन ।”

जत्ति हुनुपर्ने, त्यत्ति नभएको स्वीकार्दै उनले भनेका छन्, “जत्ति गर्नुपर्ने हो त्यत्ति भएन होला, तर बहुदल आएपनि केही नभएको पनि होइन । धेरै कुरा भएको छ । तर, केही भएन भन्नेहरूको जमात बढेको छ । उनीहरूले लगाउने नारामा हामीले आफ्नो स्वर मिसाउनु हुँदैन,” उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved