चुमान भन्छन्- प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्छ

'केपी शर्मा ओली सङ्घीयताप्रति सकारात्मक छैनन्'

नेपालभ्युज

चुमान भन्छन्- प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश, संसदीय दलका नेता हरिबहादुर चुमानले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयताप्रति सकारात्मक नरहेको बताएका छन् ।

शनिवार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले ‘विश्वासको मत पाउँ’ भनि राखेको प्रस्तावको विपक्षमा उभिने सुनाउँदै नेता चुमानले भनेका छन्, “पहिले प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । त्यसबेला उहाँलाई सोधौँ भन्दाखेरि हाम्रै मुख्यमन्त्रीजीले उहाँलाई सोध्न पर्दैन, उहाँ सङ्घीयताप्रति र प्रदेश संरचनाप्रति सकारात्मक हुनुहुन्न भन्नुहुन्थ्यो । तर म खुसीचाहिँ कहाँ व्यक्त गर्छु भने उहाँ (मुख्यमन्त्री खगराज अधिकारी) चाहिँ सङ्घीयताप्रति, प्रदेश संरचनाप्रति सकारात्मक देखिनुभएको छ ।”

नेता चुमानले मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताए । त्यसो गर्दा केन्द्रीय राजनीतिको प्रभावसमेत नपर्ने उल्लेख गर्दै उलने भनेका छन्, “जसरी पालिका सरकारका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् । त्यसैगरी मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित भयो भने त्यहाँ केन्द्रको कुनै हस्तक्षेप वा प्रभाव नै पर्दैन । दलहरूले यतातर्फ ध्यान दिनुपर्छ, त्यसैले अब राम्रो काम गर्ने, अरुलाई आरोप नलगाउनेतर्फ ध्यान दिनुपर्छ ।”


Comment

One thought on “चुमान भन्छन्- प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्छ

  1. माओवादीको सिद्धान्त रक्षा गर्न सहकार्य बदलेको,काङ्ग्रेस संग सहकार्य गरेको कुरा पनि उल्लेख गर्नु न पत्रकार जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved