पटक-पटक भोक लाग्नुको पछाडि के छ कारण ?

नेपालभ्युज

पटक-पटक भोक लाग्नुको पछाडि के छ कारण ?

एजेन्सी। भोक तपाईंको शरीरको एउटा प्राकृतिक संकेत हो जसमा ऊर्जा सकिएर आहाराको आवश्यकता हुनु । जतिबेला  तपाईंलाई भोक लाग्न थाल्छ पेटबाट अनेक प्रकारको आवाज आउन थाल्छ । जो सामान्य कुरा हो ।

कतिपय मानिस यस्ता पनि हुन्छन् जसलाई जति खाँदा पनि भोक मात्र लागिरहन्छ । उनीहरूलाई जतिबेला पनि भोक लागेको महसुस भइरहन्छ । यदि, कसैलाई छिटो छिटो भोक लागिरहन्छ भने उसको शरीरमा प्रोटिन, पौष्टिक आहारको कमी वा अन्य कुनै कारण पनि हुन सक्छ । यस्तोमा आउनुहोस् जानौं कस्तो कारणले मानिसलाई छिटो छिटो भोक लागिरहन्छ :

प्रोटिनको कमी

प्रोटिनमा भोक कम गर्ने गुण पाइन्छन्, जसले दिनभर कम क्यालोरीको उपभोग गर्न सहयोग गर्छन् । यदि, शरीरमा पर्याप्त मात्रामा प्रोटिन छैन भने पटक-पटक भोक लाग्ने समस्या हुन सक्छ ।

पर्याप्त मात्रामा निद्रा नलिनु

पर्याप्त निद्रा शरीरका लागि एकदमै जरुरी हुन्छ । दिमाग र इम्युन सिस्टमले राम्रोसँग काम गर्नका लागि पर्याप्त निद्रा आवश्यक छ । पर्याप्त निद्रा लिनु भोक नियन्त्रणको एउटा उपाय पनि हो । किनकि, निद्राले भोक नियन्त्रण गर्ने हर्मोनलाई नियन्त्रित गर्ने काम गर्छ । त्यसैले निद्राको कमीले पनि भोक धेरै लाग्ने सम्भावना हुन्छ ।

प्रशोधित कार्ब्स खानु

प्रशोधित कार्ब्समा फाइबर, भिटामिन तथा मिनरल्सको कमी हुन्छ । त्यसैले यस्तो खानेकुरा शरीरमा छिटो पच्ने गर्छ । यदि तपाईं एकदमै धेरै प्रशोधित कार्ब्सको सेवन गर्नुहुन्छ भने तपाईंलाई छिटो-छिटो भोक लाग्ने गर्दछ ।

पानीको कमी

शरीरलाई पानीको पनि एकदमै धेरै आवश्यकता पर्दछ । यदि, तपाईंले दिनहुँ पर्याप्त मात्रामा पानी पिउनुभयो भने तपाईंको स्वास्थ्य पनि राम्रो हुन्छ । तर, शरीरमा पानीको कमी छ भने पटक-पटक भोक लाग्ने समस्या हुन सक्छ । पानी पिउँदा पनि पेट भरिएको महसुस हुन्छ । जसले गर्दा छिटो-छिटो भोक लाग्दैन ।

विभिन्न स्वास्थ्य अवस्था

मधुमेह, हाइपरथाइराइडिज्म वा हर्मोनल असन्तुलन जस्ता केही मेडिकल कन्डिसनका कारणले पनि भोक बढ्न सक्छ । यस्तो खालको शारीरिक समस्या भयो भने पनि छिटो-छिटो भोक लागेको महसुस हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved