आईपीएल: हैदरावादलाई हराउँदै मुम्बई छैटौँ स्थानमा उक्लियो

नेपालभ्युज

आईपीएल: हैदरावादलाई हराउँदै मुम्बई छैटौँ स्थानमा उक्लियो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले सनराईजर्स हैदराबादलाई हराएको छ । गएराति हैदराबादमा भएको खेलमा घरेलु टोलीलाई १४ रनले हराएको हो ।

मुम्बईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर ५ बलमा अलआउट हुदै १ सय ७८ रन बनायो । उसका मंयक अग्रवालले सर्वाधिक ४८ रन बनाए । मुम्बईका जेसन बेहरानड्राफ्ट, राईली मेरीडेथ र पियुष चावलाले समान २/२ तथा अर्जुन तेन्दुलकर र क्यामरुन ग्रिनले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । मुम्बईका क्यामरोन ग्रिनले अविजित ६४ रन बनाए । हैदराबादका मार्को जोनसनले २ तथा टि नटराजन र भुवनेश्वर कुमारले समान १/१ विकेट लिए ।

मुम्बई ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ । समान ५ खेलमा ४ अंकका साथ हैदराबाद अंक तालिकाको नवौं स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved