प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै, तनहुँ पुगेर चुनावी सभालाई पनि सम्बोधन गर्ने

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै, तनहुँ पुगेर चुनावी सभालाई पनि सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा र तनहुँ जिल्ला जाँदै छन् । दुई वटा जिल्लाका कार्यक्रम सम्पन्न गर्नको लागि उनि विहान ९ बजे हेलिकप्टरमार्फत जान लागेका हुन् ।

गोरखामा प्रचण्डले केहि औपचारिक र केही अनौपचारिक कार्यक्रममा सहभागि हुनेछन् । प्रतिनिधि सभामा गोरखाबाट निर्वाचित प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई भेट्नेछन् ।

यस्तै, केहि विकास निर्माणसँग सम्बन्धित कामको बारेमा पनि उनले छलफल गर्ने कार्यक्रम रहेको छ ।

गोरखाका कार्यक्रम सम्पन्न गरेर प्रचण्ड तनहुँ जानेछन् । उनले तनहुँमा गठबन्धनका उम्मेदवार गोविन्द् भट्टराईको पक्षमा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved