रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, १६ वर्षपछि एसी मिलान पनि अन्तिम चारमा

नेपालभ्युज

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा, १६ वर्षपछि एसी मिलान पनि अन्तिम चारमा

एजेन्सी। रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति इंग्लिस क्लब चेल्सीलाई २-० गोल अन्तरले हराएर रियल  अन्तिम ४ मा पुगेको हो । रियलले पहिलो लेगमा पनि चेल्सीलाई २ गोलले नै हराएको थियो  । रियल समग्रमा ४-० को जितसहित अन्तिम चारमा पुगेको हो ।

गएराती चेल्सीको मैदानमा भएको दोस्रो लेगमा रियललाई जित दिलाउन दुबै गोल रोड्रिगोले गरे ।

यस्तै, एसी मिलान पनि सेमिफाइनलमा पुगेको छ । गएराती नापोलीसँग बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै मिलान १६ वर्षपछि अन्तिम चारमा पुग्न सफल भएको हो ।

सन् २००६–०७ को सिजनमा च्याम्पियन बनेयता मिलानले सात सिजन च्याम्पियन्स लिग खेलेपनि क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved