आईपीएल: ४ सय ४४ रन बनेको खेलमा चेन्नईले बेंग्लोरलाई हरायो

नेपालभ्युज

आईपीएल: ४ सय ४४ रन बनेको खेलमा चेन्नईले बेंग्लोरलाई हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्लोलाई ८ रनले हराएको छ ।

जितका लागि २ सय २७ रनको लक्ष्य पछ्याएको बेङ्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो ।  बेङ्लोरका ग्लेन म्याक्सवेलले ७६ र कप्तान फाफ डु प्लेसिसले ६२ रन बनाए । चेन्नईका तुसार देशपान्डेले तीन विकेट लिए ।

त्यसअघि बेङ्लोरको घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।

दुवै इनिङमा गरेर यो खेलमा ४ सय ४४ रन बनेको छ । जारी आईपीएलमा यो सबैभन्दा उच्च स्कोर हो ।

चेन्नईका डेभन कन्वेले सर्वाधिक ८३ रन जोडे । शिवम् दुबे ५२ रनमा आउट भए । जितसँगै चेन्नई अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । बेङ्लाेर सातौँ स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved