मेलबर्न बन्यो अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर, १ सय वर्षपछि सिड्नी पछाडि पर्‍यो

नेपालभ्युज

मेलबर्न बन्यो अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर, १ सय वर्षपछि सिड्नी पछाडि पर्‍यो

एजेन्सी। सिड्नीलाई पछि पारेर मेलबर्न अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर बनेको छ ।

यसअघि १९ ‌औं शताब्दीमा मेलबर्न सबैभन्दा ठूलो सहर रहेकोमा सिड्नीले उछिनेको थियो ।  तर अहिले अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या भएको सहरको रूपमा मेलबर्नले सिड्नीलाई उछिनेको छ।

सिड्नीले सय वर्षभन्दा बढी समयदेखि गौरवका साथ ठूलो सहरको रुपमा आफूलाई गौरवका साथ उभ्याएको थियो ।

पछिल्लो सरकारी तथ्याङ्क अनुसार मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार छ जुन  सिड्नीको भन्दा १८ हजार ७ सयले धेरै हो । नजिकैको अर्को सहरलाई पनि मेलबर्नमै समाहित गरेका कारण यसले सिड्नीलाई उछिनेको बीबीसीले जनाएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved