बिस्केट जात्राका अवसरमा सोमबार सार्वजनिक बिदा

नेपालभ्युज

बिस्केट जात्राका अवसरमा सोमबार सार्वजनिक बिदा

काठमाडौं । टोखा नगरपालिकाले बिस्केट जात्राका अवसर पारेर सोमबार सार्वजनिक बिदा दिने भएको छ । टोखा नगरपालिकाको दशौँ कार्यपालिकाको बैठकले हरेक वर्ष मनाइने टोखाको ऐतिहासिक पर्व बिस्केट जात्राको उपलक्ष्यमा   सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

बिस्केट जात्राको उपलक्ष्यमा टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहने प्रमुख अधिकारीले बताए । काठमाडौँ उपत्यकाको सबैभन्दा पुरानो जात्रा मानिने टोखाको बिस्केट जात्राको ऐतिहासिक महत्व समेत रहेको छ । सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ ।

यही वैशाख १ गतेदेखि सुरु भएको बिस्केट जात्राको अन्तिम दिन वैशाख ४ गते देवीदेवताहरूलाई आ–आफ्नो स्थानमा विराजमान गराउने चलन छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved