भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

नेपालभ्युज

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार  भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्य बढेको छ ।

उक्त  मूल्य सूचीमा  पट्रोलमा करिब साढे ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १ रुपैयाँले बढाइएको छ ।

यसअघि   २० चैतमा निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएर १६५ रुपैयाँमा झारेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved