वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा गिरावट

नेपालभ्युज

वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा गिरावट

काठमाडौं। नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सामान्य गिरावट भएको छ । दिनभरि उतारचढाव देखिएको बजार परिसूचक नेप्से आइतबार २.८० अंकले गिरावट भएर १९३१.६८ अंकमा बन्द भएको छ।

आइतबार होटल तथा पर्यटन र बिमा उपसूचकसहित बैंकिङ उपसूचकमा सामान्य वृद्धि भएको छ भने अधिकांश उपसूचकमा गिरावट आएको हो।

आइतबार होटल तथा पर्यटन उपसूचक ४.६५ प्रतिशतले वृद्धि भएको छ । यस्तै, निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशत, जीवन बिमा उपसूचक ०.०९ प्रतिशत र बैंकिङ उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, व्पापार उपसूचक ०.९८ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.६६ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.५६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । गत बुधबार करिब २ अर्ब र बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको बजारमा आइतबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन ।

आइतबार सेयर बजारमा कुल २१९ कम्पनीको सेयर कारोबारमा आउँदा १३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै, १० कम्पनीको सेयरमूल्य स्थिर हुँदा ७० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved