प्रिमियर लिग : म्यान्चेस्टर सिटीले लेस्टरलाई हरायो, उपाधि होड रोमाञ्चक बन्दै

नेपालभ्युज

प्रिमियर लिग : म्यान्चेस्टर सिटीले लेस्टरलाई हरायो, उपाधि होड रोमाञ्चक बन्दै

एजेन्सी।  इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ३–१ गोलले हराएको छ । गएराति भएको खेलमा सिटीको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । जोन स्टोन्सले एक गोल गरे ।

लेस्टर सिटीका केलिची इहानाचोले एक गोल फर्काए । जितसँगै सिटीले ३० खेलमा ७० अंक बनाएको छ । समान ३० खेलमा ७३ अङ्क रहेको आर्सनल शीर्षस्थानमा कायमै छ । तर सिटीको लगातार जितले उपाधि होड रोमाञ्चक बनेको छ ।

गएराती भएका टोटनह्याम र चेल्सी भने पराजित भएका छन् । टोटनह्यामलाई बर्नमाउथले ३–२ गोलले हराएको हो ।

जितसँगै बर्नमाउथले ३१ खेलमा ३३ अङ्क जोडेको छ । बर्नमाउथ १४औँ स्थानमा छ । पाँचौँ स्थानको टोटनह्यामले ३१ खेलमा ५३ अङ्क जोडेको छ ।

अर्को खेलमा चेल्सी पराजित भयो । चेल्सीलाई ब्राइटनले २–१ गोलले हराएको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो । जितसँगै ब्राइटनले २९ खेलमा ४९ अङ्क जोडेको छ । ब्राइटन सातौँ स्थानमा रहेको छ । चेल्सी ३१ खेलमा ३९ अङ्क जोडेर ११औँ स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved