मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

नेपालभ्युज

मेस्सी बार्सिलोनामा फर्कने लेवान्डोस्कीको विश्वास

स्पेन । बार्सिलोनाका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लियोनल मेस्सी अर्को सत्रसम्ममा क्लबमा फर्कन चाहेको बताएका छन् ।

स्पेनी सञ्चारमाध्यमका अनुसार एफसी बार्सिलोनाले आगामी गृष्म ऋतुमा आफ्ना पूर्व खेलाडीलाई पुनः अनुबन्ध गर्ने प्रयास गरिरहेको छ भने सन् २०२१ देखि पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्दै आएका अर्जेन्टिनी खेलाडी पनि क्याम्प नोउ फर्कन आतुर भएको बताउँदै आइएको छ ।

लेवान्डोस्कीले मेसीसँग अर्को सत्र बार्सिलोनामा खेल्ने आशा व्यक्त गरेका छन् । उनले भने ‘यदि उहाँ (मेस्सी) फर्कनुहुन्छ भने,  यो अचम्मको कुरा हुनेछैन । बार्सिलोना उहाँको स्थान हो । के हुन्छ मलाई थाहा छैन तर मलाई आशा छ अर्को सत्र हामी सँगै खेल्नेछौं,’ लेवान्डोस्कीले पोलिस सञ्चारमाध्यमसँग भने ।

यो सत्रको २८ खेलपछि रियल मड्रिडमाथि १३ अंकको अग्रता बनाएको बार्सिलोना ला लिगाको उपाधि जित्ने बाटोमा छ । ‘बार्सिलोनाले पछिल्ला केही वर्षयता ला लिगा को उपाधि जित्न सकेको छैन, तर अहिले हामी राम्रो स्थितिमा छौं । यदि हामीले त्यसो गर्‍यौं  भने धेरै खेलाडीमा ठूलो आत्मविश्वास हुनेछ,’ उनले भने । लेवान्डोस्कीले यो सत्रमा ला लिगामा सर्वाधिक १७ गोल गरेका छन् ।

‘सिजनको बीचमा फिफा विश्वकपले स्थितिलाई जटिल बनाएको छ, जबकि मानिसहरूले स्ट्राइकरहरूबाट धेरै भन्दा धेरै गोलको अपेक्षा गर्छन् । हामीले केवल गोल गर्नुपर्छ र मानिसहरूलाई खुसी पार्नुपर्छ । मलाई विश्वास छ कि हामी आक्रमणमा अझ राम्रो खेल्न सक्छौं,’ ३४ वर्षीय खेलाडी लेवान्डोस्कीले भने । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved