१३६ जना कोरोना संक्रमित थपिए, संक्रिय संक्रमित ४०१

नेपालभ्युज

१३६ जना  कोरोना संक्रमित थपिए, संक्रिय संक्रमित ४०१

काठमाडौं। पछिल्लो २४ घण्टामा १३६ जना  कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्‍ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी  जम्मा १३६ जना संक्रमित थपिएका हुन् ।

योसँगै कोरोनाका संक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । मन्त्रालयका अनुसार  ३२ जना संस्थागत आइशोलेशन , ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको  छ ।

शुक्रबार मात्रै   ६८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved