आईपीएल : गुजरातले पञ्जावलाई ६ विकेटले हरायो

नेपालभ्युज

आईपीएल : गुजरातले पञ्जावलाई ६ विकेटले हरायो

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ ।

गएराति मोहालीमा भएको खेलमा पञ्जावले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ६७ रन बनाए । ऋद्धिमान शाह ३० रनमा आउट भए । पञ्जाबका साम करन, अर्शदीपसिंह, हरप्रित ब्रार र कागिसो रबाडाले समान एक/एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।

पञ्जाबका म्याथ्यु शर्टले सर्वाधिक ३६ रन बनाए । गुजरातका मोहित शर्माले २ विकेट लिए ।

गुजरात ४ खेलमा ६ अङ्ककासाथ तेस्रो स्थानमा छ । पञ्जाब ४ खेलमा ४ अङ्कका साथ छैटौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved