नर्भिक हस्पिटलको वार्षिकोत्सव अफर, महिनादिनसम्म ३० प्रतिशत छुट

देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको इन्टरनेशनल हस्पिटलले आफ्नो स्थापनाको ३० वर्ष प्रवेश गरेको अवसरमा ३० प्रतिशत छुट दिएको छ।

नेपालभ्युज

नर्भिक हस्पिटलको वार्षिकोत्सव अफर, महिनादिनसम्म ३० प्रतिशत छुट

काठमाडौं। देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको इन्टरनेशनल हस्पिटलले आफ्नो स्थापनाको ३० वर्ष प्रवेश गरेको अवसरमा ३० प्रतिशत छुट दिएको छ। उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रूपमा स्थापित सो अस्पतालले एक सातादेखि एक महिनासम्म छुटको अफर ल्याएको हो।

वसन्तकुमार चौधरीले बिएलसी होल्डिङ्को छाताअन्तर्गत नेपालमा विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्न सन् १९९३ मा नर्भिक इन्टरनेशनल हस्पिटल स्थापना गरेका थिए। अहिले सो अस्पतालले सेवा दिन थालेको ३ दशक पुगेको छ।

बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्रबहादुर सिंहले अफरहरू सार्वजनिक गरेका हुन्। अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छूट सुविधा छ। लेजर र हाइड्राफेशियलमा ३० दिनका लागि ३० प्रतिशत छुट सुविधा दिने अस्पतालले बताएको छ। आइभिएफएफ (फटिलिटी प्याकेज) ३० दिनका लागि २० प्रतिशत छुट र म्यामाेग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छूट दिइने छ।

पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याइने अस्पतालले जनाएको छ। वैशाख महिनामा ७ वटा स्वास्थ्य शिविर आयोजना गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved