उद्योग वाणिज्य महासंघको चुनाव : जिल्ला नगरको उपाध्यक्षमा वैद्य र वस्तुगतमा ढकाल विजयी

नेपालभ्युज

उद्योग वाणिज्य महासंघको चुनाव : जिल्ला नगरको उपाध्यक्षमा वैद्य र वस्तुगतमा ढकाल विजयी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।

वैद्यले ४३ मत पाउँदा अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएर पराजित भएका छन् । यसैगरी वस्तुगत उपाध्यक्षमा विजयी ढकाल ६१ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले सात मत पाएको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्षमा विजयी सुरजकृष्ण वैद्य रामचन्द्र संघाइ पक्षका र हेमराज ढकाल उमेशलाल श्रेष्ठ समूहका हुन् । वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved