बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा

नेपालभ्युज

बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा

ललितपुर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरूलाई पहिलोको पछाडि दौडाउन नहुने बताएका छन्।

बुधबार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरूलाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन्।

बालबालिकाहरूलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिई चिन्ता पैदा गर्दा बालबालिकाहरूको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताउँदै उनले बालबालिकाहरूलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरै कुरा सिक्न बाँकी छ भन्ने कुराका सिकाउन जरुरी रहेको बताए।

महामन्त्री थापाले विद्यार्थीहरूले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved