आईपीएल: नाटकीय खेलमा लखनउले बेंग्लोरलाई हरायो, निकोलस पुरन बने नायक

नेपालभ्युज

आईपीएल: नाटकीय खेलमा लखनउले बेंग्लोरलाई हरायो, निकोलस पुरन बने नायक

एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक विकेटको नाटकीय जित निकालेको छ ।

 जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले अन्तिम बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो । लखनऊको जितमा निकोलस पुरन नायक बने ।

टिम हारतर्फ गइरहेको बेला पुनरले १९ बलमा ४ चौका र ७ छक्कासहित ६२ रनको विष्फोटक ब्याटिङ गरे । पुरनले १५ बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै मार्कस स्टोइनिसले ३० बलमा ६ चौका र ५ छक्कासहित ६५ रन बनाए  ।

रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद शिराज र वेन पार्नेलले ३/३ र हर्षल पटेलले २ विकेट लिए ।

त्यसअघि घरेलु मैदान चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । बेंगलोरका कप्तान फाफ डु प्लेसिसले ७९, विराट कोहलीले ६१ र ग्लेन म्याक्सवेलले ५९ रन बनाएका थिए ।

लखनऊका अमित मिश्रा र मार्क वुडले १/१ विकेट लिए । जितसँगै लखनउ ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ । २ अंक भएको बेंग्लोर सातौँ स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved