दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

नेपालभ्युज

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

काठमाडौं। आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार रहेको यस  दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो ।

आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबै उपसूचकहरू राताम्य देखिए । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता (२.३५ प्रतिशत)ले गुमाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved