भारतमा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण, सक्रिय संक्रमित २८ हजार नाघे

भारतबाट नेपाल फर्किनेहरूमा पनि संक्रमण पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ।

नेपालभ्युज

भारतमा एकैदिन ६ हजारभन्दा बढीमा कोरोना संक्रमण, सक्रिय संक्रमित २८ हजार नाघे

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप ६ हजार ५० जनामा संक्रमण पुष्टि भएको छ। पछिल्ला केही दिनयता कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा रहेको भारतमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ।

भारतमा २०३ यताकै उच्च संक्रमण पुष्टि भएको हो। यसअघि गत वर्ष सेप्टेम्बर १६ मा एकदिनमा ६ हजार २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो।

यसअघि बिहीबार भारतमा ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा १४ जनाको मृत्यु भएको छ।

पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूमा पनि संक्रमण पुष्टि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved