आईएमई पेबाट श्री, सौर्य, बुद्ध, र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

नेपालभ्युज

आईएमई पेबाट श्री, सौर्य, बुद्ध, र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

काठमाडौं। आईएमई पेबाट श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स, र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने भएको छ।

आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको “आईएमई पे” ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत अब ग्राहकहरूले विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन् ।

पछिल्लो समयमा आईएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरेसँगै विभिन्न एयरलाइन्स कम्पनीहरू यस फिचरको प्रयोग गर्ने उद्देश्यले आईएमई पेसँग जोडिने प्रक्रिया सुरु भएको छ ।

यसै क्रममा आईएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् ।

ग्राहकहरूले आईएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved