साउदी अरबले मेदेखि दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

नेपालभ्युज

साउदी अरबले मेदेखि दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

रियाद। साउदी अरबको ऊर्जा मन्त्रालयले मेदेखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ ।

पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक) का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वैच्छिक कटौती ३३ औं ओपेक र गैर–ओपेक मन्त्रिस्तरीय बैठकमा सहमति भएको उत्पादनमा अतिरिक्त कटौती हो ।

मन्त्रालयले यो निर्णय विश्वव्यापी तेल बजारको स्थिरतालाई समर्थन गर्ने उद्देश्यले सावधानीको उपाय भएको जनाएको छ ।

सेप्टेम्बर २०१८ को एक प्रतिवेदनअनुसार विश्वको तेल उत्पादनको ४४ प्रतिशत र ८१.५ प्रतिशत प्रमाणित तेल खानी भएकाले विश्वको तेल बजारको मूल्यमा ओपेकको ठूलो प्रभाव रहेको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved