शरीरका कुनै पनि अंग दान गर्न तयार हुने मानिसको खाँचो छ : अध्यक्ष नेपाल

नेपालभ्युज

शरीरका कुनै पनि अंग दान गर्न तयार हुने मानिसको खाँचो छ : अध्यक्ष नेपाल
फाइल तस्वीर

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगले स्टालिन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मानव जातिका लागि रगतको आवश्यक्ता महत्त्वपूर्ण रहने बताउँदै उनले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरू दान गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्न सक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनै पनि अंगहरू दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’

अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरूलाई रक्तदानका लागि अपिलसमेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved