मनाङ मर्स्याङ्दी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी रङ्गशालामा सोमबार भएको खेलमा साबिक विजेता मनाङले बागमती युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुगेको हो।

नेपालभ्युज

मनाङ मर्स्याङ्दी सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा

धनगढी। मनाङ मस्याङ्दी क्लब छैटौँ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल पुगेको छ ।

धनगढी रङ्गशालामा सोमबार भएको खेलमा साविक विजेता मनाङले बागमती युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै पुगेको हो ।

मनाङले फाइनल प्रवेशका लागि एभिनर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ ।

मनाङको लागि कोफी टिमुठी र सयुडी जमलले गोल गरे भनेबागमतीको लागि श्रीजन गौतमले गोल फर्काए।

खेलको ३७ औँ मिनेटमा टिमुठीले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। त्यसको ४ मिनेटपछि बागमतीका लागि श्रीजनले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए।

पहिलो हाफमा १–१ बराबरी पछि दोस्रो हाफमा मनाङले अर्को गोल थप्यो । खेलको ६७ औं मिनेटमा सयुडीले गोल गरे। त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि मनाङले २–१ को नतिजालाई आत्मसात् गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनायो।

मनाङका गोलरक्षक जियारत सेख खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिता अन्तर्गत मङ्गलबार अन्तिम क्वाटरफाईनलमा नेपाल पुलिस क्लब र आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ। विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। चैत्र १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved