वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी

नेपालभ्युज

वित्तीय स्थायित्वमा जोखिम बढेको आईएमएफ प्रमुखको चेतावनी

बेइजिङ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले वित्तीय स्थायित्वमा जोखिम बढेको भन्दै बैंकिङ क्षेत्रमा पछिल्लो उथलपुथलपछि ‘सतर्कताको खाँचो’ मा जोड दिएकी छन् ।

बेइजिङमा आयोजित एक मञ्चमा बोल्दै युक्रेनमा जारी युद्ध, आर्थिक कडाइ र महामारीका कारण विश्वव्यापी आर्थिक वृद्धि दर ३.० प्रतिशतभन्दा तल झरेको अवस्थामा सन् २०२३ अर्को चुनौतीपूर्ण वर्ष हुने विश्वास अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकले व्यक्त गरिन् ।

उनले चाइना डेभलपमेन्ट फोरममा भनिन, ‘सन् २०२३ को मध्यावधिमा विश्व अर्थतन्त्रको अवस्था कमजोर रहने सम्भावना छ । अनिश्चितता असाधारण रूपमा उच्च छ । वित्तीय स्थायित्वमा जोखिम बढेको पनि स्पष्ट छ ।’

सिलिकन भ्याली बैंकको पतन र प्रतिद्वन्द्वी यूबीएसले स्विस बैंक क्रेडिट सुइसलाई जबर्जस्ती अधिग्रहण गरेसँगै वित्तीय क्षेत्र धराशायी भएको देखिएको उनले भनिन् । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved